राष्ट्रिय

ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा, श्रद्धाञ्जली दिइदै

पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ ।

ढुंगानाको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टीको झण्डा ओढाएका छन् ।

ज्ञानेश्वरस्थित सानो गौचरणमा पुगेर कांग्रेस सभापति देउवासहितका नेताहरुले कांग्रेसको झण्डा ओढाएका हुन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुंगानाको परिवारले जानकारी दिएको छ ।

नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply