३१ आश्विन २०८२
दाङ - दाङकाे तुलसीपुरमा खाेलामा बगेर तीन वर्षीय बालककाे ज्यान गएकाे छ ।
तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराकाे श्रवण टाेल बस्रने जीवन बस्नेतका छाेरा ललित बस्नेतको खाेलामा बगेर ज्यान गएकाे हाे।
गहते खाेला र पातुखाेलाकाे दोभानमा लुगा धुन गएकी आमासँगै गएका बालक खाेलामा बगेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार बालककाे शव झन्डै एक सय मिटर तल झाडीमा भेटिएकाे थियाे ।
Comments
Leave a Reply