खेलकुद

लिगमा रियलको पहिलो हार

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लिगको पहिलो हार बेहोरेको छ । शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको हो ।

यसअघि रायोले खेलका अग्रता लिएको थियो । रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो ।  १३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ । मड्रिडको ३२ अंक छ ।

बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक-एक गोल गरेका थिए । रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरेपनि हार टार्न सकेनन् ।

अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply