राष्ट्रिय

आज घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

केही दिनदेखि लगातार बढेको सुन–चाँदीको सोमाबार सामान्य घटेको छ। नेपाली बजारमा सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो।

आइतबार सुन प्रतितोला छ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply