राष्ट्रिय

पत्रकार एलनमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि हातपात भएको छ ।  सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आइतबार राति ९:५० को समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको संगठनले जनाएको हो । महासचिव  भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिब २० / २२ जनाको जत्थाले गए राति उहाँमाथि आक्रमण गरेको हो । पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ । महासचिव मगर पनि सामान्य घाइते हुनुभएको छ भने पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।’ संगठनले  घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply