राष्ट्रिय

तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,एक घाइते

काठमाडौंको तीनकुनेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान भएको उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने  २५ वर्षीय रोमित रिजाल रहेका प्रहरीले जनाएको छ । उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलको पछाडि सवार सप्तरीको  अग्नि सायर गाउँपालिका घर भई हाल भक्तपुरको  दुवाकोट बस्ने  २२ वर्षीय  उदित चौधरीको पनि सोही अस्पतालमै उपचार भइरहेको छ ।

कोटेश्‍वरबाट सिनामगंलतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१९००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वर तर्फ जाँदै गरेको बा ८१ प २७ ९९ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिएको थियो । दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ  ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply