३१ आश्विन २०८२
प्रदर्शनीको पुर्व सन्ध्यामा आयोजना गरिएको औद्योगिक जनचेतना र्यालीमा विभिन्न संघसंस्था, आमा समूह, उद्योगी व्यवसायी लगायतले सहभागिता जनाएका थिए ।
यालीमा एक सयभन्दा वढी संघसंस्थाहरुको सहभागिता रहेको औद्योगिक जनचेतना र्याली उपसमितिका संयोजक चन्द्रकान्त खनालले बताए ।
प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा पुगेर र्याली समापन हुने छ ।
प्रदर्शनीको पुस ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको सजावटको काम ६ गते पुरा गरिने छ भने मण्डपको सुरक्षा व्यवस्था मजबुत बनाइएको जनाइएको छ ।

Comments
Leave a Reply