राष्ट्रिय

अब सवारी साधन चलाउँदा चालक निदाउन नपाउने

सवारी साधन चलाउँदा चलाउँदै चालक निदाउँदा धेरै दुर्घटना हुने गरेका छन् । यो समस्यालाई कम गर्न विज्ञान विषय अध्ययनरत विद्यार्थीले सवारी साधन चलाउँदा चालकलाई निदाउन नदिने र निदाएमा गाडी रोकिने यन्त्र बनाएकी छन् ।

कालिका मानवज्ञान माविले ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान प्रदर्शनीमा सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रतिमा शर्माले बनाएको गाडी चलाउँदा चालकलाई निदाउन नदिने यन्त्रले धेरै दर्शकलाई आकर्षित गरेको थियो ।

शर्माले बनाएको एन्टिस्लिप अलार्मलाई लाई चश्मामा जडान गरेर प्रयोग गर्नुपर्छ । चश्मा जडित यन्त्रले ड्राईभरको आँखा बन्द हुन थालेपछि अलार्म बजाएर संकेत गर्छ र केही सेकेन्डमा पनि आँखा नखोलेमा गाडीको इन्जिन बन्द गरिदिन्छ ।

पुस्तक अध्ययन र इन्टरनेटको अध्ययनबाट आफुले यस्तो यन्त्र बनाउन सकेको र यसले रिमोट सेन्सरको मद्दतले काम गर्ने विद्यार्थी शर्माले बताईन् । विद्यार्थीले बनाएको यो यन्त्रलाई परिस्कृत बनाएर ब्यावसायिक प्रयोग गर्न सकिने विज्ञान प्रदर्शनीका संयोजक कृष्ण प्रसाद अधिकारीले बताए ।

विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका सय भन्दा बढी उपकरण र प्रविधि प्रदर्शन गरिएको थियो ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply