राष्ट्रिय

आज बुटवलमा नेपथ्यको लाईभ कन्सर्ट

नेपथ्य ब्याण्डले आज बुटवलमा लाईभ कन्सर्ट गर्दैछ । बुटवलको रामनगरमा रहेको मानवज्ञान मावि खेल मैदानमा कन्सर्ट हुने भएको हो । ६ जना कलाकारकासाथै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्य टोली बिहीबार साँझ बुटवल आइपुगेको थियो । टोलीलाई बिहीबारै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख साबित्रादेवी अर्यालले फूलमालासहित स्वागत गरेका थिए । मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीका अनुसार कन्सर्टको सम्पूर्ण तयारी पुरा भएको छ । ६ हजार सहभागीहरु अट्ने गरि मैदानको व्यवस्थापन गरिएको अधिकारीले बताए । खेल मैदानको क्षमतालाई मध्यनजर गर्दै बुटवलको कन्सर्टका लागि ६ हजार थान टिकट मात्र वितरण गरिएको मानव सेवा आश्रमकी केन्द्रीय महासचिव सुशिला केसीले बताईन् । ‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बुटवलका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमको लुम्बिनी प्रदेशस्थित संयोजक सरु अधिकारीले बताईन । कन्सर्टको लाभांशले मानवता प्रवद्र्धनका साथै बुटवलमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच लिइएको छ । त्यसैगरी यसबाट बेसहाराहरुको खाना, नाना र छानाका निम्ति अक्षयकोषको पनि स्थापना गरिनेछ ।

आज अपरान्ह ४ बजेबाट ८ बजेसम्म नेपथ्यका प्रमुख भोकल अमृत गुरुङ सहितको टोलीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply