राष्ट्रिय

१५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आजदेखि बुटवलमा : राष्ट्रपतिले उद्घाटन गर्ने

रुपन्देही उद्योग संघको आयोजनामा आजदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ बुटवलमा शुरु हुँदै छ ।

‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने छ ।

बुटवल मण्डपमा आयोजित विशेष समारोहकाबीच दिउँसो १ बजे राष्ट्रपति भण्डारीले महा्त्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालको पनि उपस्थिति रहने संघले जनाएको छ ।

बुटवल मण्डपमा निर्माणाधिन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा विभिन्न प्रकृतिका ४ सय ५० वटा स्टलहरु रहने छन् । त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply