राजनीति

रवि लामिछाने पनि पुगे बालकोट

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसिमा सकिनु केही समय अगाडि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका हुन्।

सत्ता गठबन्धन दलको बैठकमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठक छोडेर बाहिरिएका थिए।

बैठकबाट बाहिरिएका अध्यक्ष प्रचण्ड बालकोट जाने तयारीमा छन्। महासचिव देव गुरूङ पनि बालकोटमै छन् भने लामिछाने पनि बालकोट पुगेका हुन्। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्।

 

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply