राजनीति

प्रचण्ड-ओली आधा-आधा कार्यकाल प्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधा-आधा कार्यकाल सरकार चलाउने सहमति गरेका छन्।

 

पहिलो अढाई वर्ष प्रचण्ड र दोस्रो अढाई वर्ष ओली प्रधानमन्त्री हुने सहमति उनीहरूबीच भएको हो।

 

सात दलको उपस्थितिमा दुई दलका अध्यक्षले कार्यकालबारे भद्र सहमति गरेका हुन्। उनीहरूले लिखित रूपमा भने सहमति गरेका छैनन्।

 

कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्डले पहिलो कार्यकाल आफूलाई दिन बारम्बार आग्रह गर्दै आएका थिए। देउवाले अस्वीकार गरेपछि उनी आइतबार दिउँसो बालकोट पुगेर ओलीसँग सहमति गरेका हुन्।

 

आइतबार बालुवाटारको बैठक सकारात्मक नभएपछि प्रचण्ड गठबन्धनको औचित्य समाप्त भएको भन्दै बाहिरिएका थिए।

 

यसैबीच ७ दलको समर्थन जुटाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास शितल निवास पुगेका छ्न्। साथमा नेकपा एमालेसहित दलका नेताहरू पनि शितल निवास पुगेका छन्।

प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीले समर्थन गरेका हुन्।

 

यी सबै दलबाट गरी प्रतिनिधि सभामा १६६ जना सांसद छन्। सरकार गठनका लागि १३८ जना सांसदको समर्थन भए बहुमत पुग्छ।

 

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply