राष्ट्रिय

गाईजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकामा सार्वजनिक विदा

भदौ १० गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।भदौ ७ गते बसेको अध्यक्ष स्तरीय  बैठकले , भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा पुर्णिामाको अर्को दिन गाईजात्रा मनाउने प्रचलन रहेको छ ।कला संस्कृति तथा चाडपर्वको संरक्षण एवम्  प्रबर्द्धन गर्ने उद्देश्यले बिदा दिईएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली बताए । सार्वजनिक बिदाको दिन गाउँपालिकाको कार्यालय अन्तर्गतका सम्पुर्ण कार्यालय , स्वास्थ्य तथा शिक्षण संस्था,बैंक तथा वित्तीय संस्था बन्द रहने छन ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply