३१ आश्विन २०८२
पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिका-२, देउराली जोर्ते र लघुवाको बीचमा सुख्खा पहिरो खसेर स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ।
मृतकको सनाखत हुन सकेको छैन । त्यस्तै पहिरोमा पुरिएर ५ जना घाईते भएको घटनास्थ्लबाट रिब्दिकोट गाउँपालिका वडा नं १ का वडाध्यक्ष ओम प्रसाद पोखरेलले जानकारि दिनुभयो।
बुधबार बिहान खसेको सुख्खा पहिरोमा स्कार्पियो पुरिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको स्कारपियो पाल्पाको रिब्दिकोट गाउँपालिका २ जोर्तेमा पहिरोमा पुरिएको छ।
यहाँ सडक डिभिजन कार्यालयले राति १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर सडक स्तरोन्नती कार्य गर्दै आएको छ।
Comments
Leave a Reply