राष्ट्रिय

आत्महत्या प्रयासबारे प्रकाश दुतराजको स्पष्टीकरण

आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् ।

 

सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो ।

तर, दुतराजले ‘गलत बुझाई तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको बताएका छन् ।

 

‘कहिले अध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनु या मेरो विशेषता, यहि कारण पनि म आफूले आफैलाई दुखि बनाउँछु ।

 

धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केहि छिन हराउँनु म मर्नु हैन नि ।’

 

उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थे र यो शरीरलाई । गलत बुझाई तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु ।’

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply