मनोरंजन

पर्यटकीय गन्तब्य नमोबुद्धको सुन्दरता

काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको नमोबुद्ध काठमाडौंबाट नजिकमा रहेको एक पर्यटकीय गन्तब्य हो।

बिदा मनाउन र परिवारसहित घुमघामको योजना बनाइरहेकाहरूको लागि यो उपयुक्त गन्तब्य हुनेछ। बौद्ध धर्मालम्बिका लागि पवित्र तिर्थस्थल नमोबुद्ध प्राकृतिक पनि रुपमा निकै सुन्दर छ। यहाँबाट बिहान-बेलुका आकर्षक सूर्योदय र सूर्यास्त हेर्न सकिन्छ ।

नमोबुद्धमा पर्यटकीय संरचना निर्माण तिव्ररुपमा निर्माण भइरहेको छ । स्तरीय होटलहरु खुल्ने क्रममा छन् । पदयात्राका लागि बाटोहरु बन्दैछन् ।

काठमाडौंबाट करिब ५५ किलोमिटर दुरीमा रहेको नमोबुद्ध पुग्न अरनिको राजमार्ग हुँदै काभ्रेको सदरमुकाम धुलिखेलसम्म जानुपर्छ। त्यसपछि अरनिको राजमार्गलाई छोडेर वि.पि राजमार्ग हुँदै काभ्रे भन्झाङ पुगेपछि त्यहाँबाट करिब ८ किलोमिटरको यात्रा पश्चात पुगिन्छ।

मोटरबाइकमा जाने जोडीहरु धेरै हुन्छन् भने हाइकिङ्गबाट पनि धेरै यात्रु नमोबुद्ध पुग्छन्। नजिकका पर्यटकीय गन्तव्यहरु बल्थली धुलिखेल जाने यात्रुले नमोबुद्ध पनि घुम्न भ्याउँछन् ।

प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको यस क्षेत्र स्वच्छ वातावरण, मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटक लाई अत्यन्तै आकर्षित बनाएको छ।

यस स्थलमा नेवार र तामाङ समुदायले जात्रा मनाउने प्रचलन छ। उक्त जात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरुले र हजारौ दर्शनार्थीहरु जम्मा भई शान्तिको लागि लाखौ दिप प्रज्वलन गर्ने गर्छन्।

प्राचिन महत्व बोकेका मठ मन्दिर रहेको नमोबुद्धमा विशेष गरि नव वर्ष साथै बुद्ध जयन्ती, कार्तिक पूर्णिमा आदि जस्ता समयमा ठूलो मेला लाग्ने गर्छ।

What's your reaction?

0
AWESOME!
AWESOME!
0
LOVED
LOVED
0
NICE
NICE
0
LOL
LOL
0
FUNNY
FUNNY
0
EW!
EW!
0
OMG!
OMG!
0
FAIL!
FAIL!

Comments

Leave a Reply