पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष (आव) मा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हु...
केही दिनदेखि लगातार बढेको सुन–चाँदीको सोमाबार सामान्य घटेको छ। नेपाली बजारमा सोमबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला छ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार...
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा बागलुङमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टद्वारा उत्पादित प्याडको बागलुङ जिल्ला डिलर नर्वदा ट्रेडर्सको सहयोगमा निर्वाचनमा खटिने २ सय ६१ जना म्यादी र ६७ जना ने...
नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा...
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आज (शुक्रवार) बाट सेयर विक्री खुला गरेको छ। कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको दरमा ५६ लाख ६ हजार तीन सय ९० कित्ता सेयर विक्री गर्ने भएको हो। यसमध्ये तीन प्रतिशत सेयर भने कम्पनीले कर्मचारीको लागि र पाँच प्रतिशत सेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएको छ। सर्वसाधारणले न्युनतम...
गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । २४ कात्तिक बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि हो । बैंक प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको...
सप्तरी, कुटपिट अंगभंग मुद्दाका फरार प्रतिवादी सप्तकोशी नगरपालिका-९ कमलपुर गाउँ बस्ने ४५ वर्षीय बिशेश्वर खंगलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरीको २०७६ असोज २ गतेको फैसलाले कुटपिट अंगभंग मुद्दामा २ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई खोजी गर्ने क्रममा प्रहरीले फेला पारी पक्...
संघीय सरकारले बुधबार गएको भूकम्पबाट भएको क्षतिको विवरण स्थानीय सरकारसँग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । २३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको म...
पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीबारदेखि सुरु भएको छ । मलेसिया र इण्डोनेसियामा आयोजना हुने विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ । विश्व च्याम्पियनसिपमा नेपालबाट तीन टिम छनोट भएका छन् । विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम...
बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।...